काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।
सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुनचाँदी पसलको सटर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।
पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखिएको बताइएको छ ।
सो शंकास्पद वस्तु बम नभएको पाइएको छ ।

