१६ जेठ, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ ।
सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच पोखरा विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । यसको निर्माण २०२१ जुन १० मा सक्ने भए पनि कोरोना महामारीका कारण एक वर्ष म्याद थपेर काम भैरहेको छ ।

