सोलु एफएमको स्टुडियोमा आगलागी

  • समाचार
  • २०७७ फाल्गुन १७, सोमबार ११:०२

काठमाडौं । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एममा आगलागी भएको छ । एफएमको स्टुडियोमा गएराती आगलागी भएको हो ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारबाट सञ्चालित उक्त रेडियोको स्टुडियोमा गएराती करिब १२ : ३० बजे आगलागी भएको हो ।

स्टुडियोबाट सुरु भएको आगोले रेकडिङ सहित भवन समेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी, रेडियोका कर्मचारी लगायतको सहयोगमा आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

वि.सं. २०६१ सालमा स्थापना भएको सोलु एफ.एम. हाल एक हजार वाट क्षमतामा प्रसारण भईरहेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *