नगर प्रमुख श्रेष्ठद्वारा कुष्ठरोग विरामीको परिवारलाई घर हस्तान्त्रण
देवचुली,माधब सुबेदी
देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले विपन्न परिवारलाई घर हस्तान्त्रण गर्नुभएको छ । आईतबाट एक कार्यक्रमको आयोजना गरि देवचुली वडा नं १२ लक्ष्मीपुरका छविनारायण तिवारीलाई घर हस्तान्त्रण गर्नुभएको हो ।
हस्तान्त्रण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले आर्थिक र स्वास्थ्य अवस्थाले कमजोर बनेका तिवारीका परिवारलाई घर हस्तान्त्रण गर्न पाउदा खुसी लागेको बताउदै घर निर्माण कार्यमा सहयोग गर्नुभएका सम्पूर्ण वडाबासी र प्रोसी मिसनलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।यसैगरि देवचुली वडा नं १२ का वडाध्यक्ष दिनानाथ भुसालले स्याङ्गजाबाट बसाईसराई गरि आएका र कुष्ठरोगको कारण छटपटाई रहेका तिवारीको परिवारलाई वडाबासीको २ लाख ४ हजार ८ सय ५० र द ले प्रोसी मिसनको २ लाख ५० हजारको लागतमा घर निर्माण गरि हस्तान्त्रण गरिएको बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको