+
+
-- Sponsored Ad --

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लकडाउन गर्नेबारे निर्णय हुनसक्ने

397 पटक हेरिएको
Clock २०७८ बैशाख १३, सोमबार ०४:३४
-- Sponsored --

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक बस्न लागेका हु्न् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् । आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने बुझिएको छ । यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् ।

 

काठमाडौं जिल्लामा मात्रै हिजो एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । उपत्यकाका तीन जिल्लामा झण्डै १५ सय जना संक्रमित भएका छन् । यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ । कोरोना जोखिम रहेकोले भीडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win