२९ असार, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९ गते) देखि धिताेपत्रकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आईपीओ निष्कासनकाे लागि धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई ‘इक्राएनपी आईआर बी’ रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन्।
कम्पनीले पूर्वी रूकुमकाे सिस्ने र भुमे गाउँपालिकमा पर्ने रूकुमगाड खाेलाकाे पानिबाट ५ मेगावाट क्षमताकाे रूकुमगाड जलविद्युत आयाेजना निर्माण गरिरहेकाे छ ।
आयाेजनाकाे कुल लागत १ अर्ब ३३ कराेड ४४ लाख २८ हजार र प्रतिमेगावाट लागत २६ कराेड ६८ लाख ८६ हजार लागत अनुमान गरिएकाे छ ।

