भोली अर्थात मंगलबार राति १२ बजेदेखि नवलपुरमा निषेधाज्ञा गर्ने तयारी गरिएको छ । अत्याधिक रुपमा कोरोना संक्रमण दर बढदै गएपछि निषेधाज्ञाको तयारी गरिएको हो । लकडाउन अवधिभर अत्यावस्यक वाहेकका सवै सेवा वन्द रहने जनाइएको छ ।
कोरोना संक्रमितको दर जिल्लामा तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लाभर नै लकडाउनको तयारी भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनु भयो ।
अत्यावश्यक सेवा बाहेक अन्य कुराहरु संचालनमा पूर्णरुपमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयको तयारी छ । छिमेकी जिल्ला चितवन अति प्रभावित जिल्लाको रुपमा रहेको र नवलपुरमा संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा गर्ने निश्कर्षमा पुुगेको हो ।

