साढे तीन दशकपछि पुरानै धारमा कोसी : २० हजार मानिस विस्थापित

  • समाचार
  • २०७९ श्रावण १९, बिहीबार ०८:२३

इटहरी/उदयपुर । सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो । सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो ।

‘कोसीले केही दिनदेखि कटान गरिरहे पनि सरकारले बेलैमा सक्रियता नदेखाउँदा यस्तो अवस्था आयो,’ बेलका–३ का बासिन्दा अरीलाल उरावले भने । अहिले बाँध भत्काएर कोसी पसेको मानवबस्तीमा २०४५ सालअघि पनि कोसी नै बग्थ्यो। २०४५ सालको भूकम्पपछि बिस्तारै धार परिवर्तन गरी कोसी पूर्वतर्फ हानिएको थियो ।

नदीले छाडेको भागमा २०५१ सालदेखि घर बनाएर मानिस बस्न थालेका थिए । ‘यस्तो विपत्ति आउला भनेर सोचिएन,’ बेलका–३ का अर्का बासिन्दा किसन राईले भने, ‘२०४० सालअघि पनि अहिलेकै बस्तीमा कोसीले पीडा दिएको थियो । पछि कोसी पूर्वतिर हानिएपछि शान्त होला भन्ने सोचेका थियौं तर यसको भर हुँदो रहेनछ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *