नबाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा बैतडीको विजयी सुरुवात

  • खेलकुद
  • २०७९ भाद्र १६, बिहीबार १२:२३

बैतडी । नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले विजयी सुरुवात गरेको छ ।

बैतडीले डोटीलाई ४५ रनले स्तब्ध पार्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिंग गरेको बैतडीले निर्धारित १२ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएकाे छ । जसमा लोकेन्द्र चन्दले नटआउट २४, विरेन्द्र नाथले २० रनको योगदान गरेका छन् । डोटीका सबिन महराले २ विकेट हात पारेका छन् ।

फाप्ला मैदानमा ९५ रनको लक्ष्य पन्छाएको डोटीले १२ ओभरमा ८ विकेटको क्षतिमा ४९ रन मात्रै जोड्न सकेकाे छ । आयुस खड्काले १६ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैतडीका गजेन्द्र बोहरा ३ र ऋषिकेश बोहराले २ विकेट हात पारेका छन् । वर्षाका कारण २० ओभरको खेल १२ ओभरमा छोट्याएर खेलाइएको स्कोरर लोकराज जोशीले जानकारी दिएका छन् ।

मंगलबारदेखि सुरु भएको छनौट प्रतियोगिता भदौ १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । छनौट प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टोलीको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताएका हुन् ।प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइने भएकाे छ । उक्त क्रिकेट टोली नबाैं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएकाे छ ।

नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भएपनि पुरुष क्रिकेट भने यहि भदौ २२ गतेदेखि काठमाडौं गर्ने निर्णय भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टि-२० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेट बाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 55 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 61 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *