१९ भदौ, पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ ।
पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो ।
‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ सुवेदीले भने, ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’

