
शनिबार बेलुका गैंडाकोट ८ कालिका चोक र गैंडाकोट ४ कालिगण्डकी चोकमा रहेका विभिन्न पसलहरुबाट चेकजाँच गर्ने क्रममा पटका फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो क्रममा चक्र ५ पिस, छुरछुरी ७ पिस, झिरझिरी ८ प्याकेट, पटका ९८ प्याकेट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
लुकाएर बिक्रि बितरण गरी रहेको अवस्थामा पटका बरामद गरियको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सामाग्री हरू कार्यालयमा राखिएको र साे सामाग्रीहरू नष्ट गरिने समेत प्रहरीले जानकारी दिएकाे छ ।