कावासोती : पूर्वि नवलपरासीको कावासोतीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले वृक्षारोपण गरेको छ । बैंकको कावासोती शाखा द्वारा शनिबार कावासोती –८ मा रहेको लुम्बिनी आर्दश डिग्री कलेजको परिसरमा वृक्षारोपण गरेको छ।

बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत फलफुल सहित बिभिन्न १० जातको एक सय बिरुवा रोपण गरेको बैंकका कावासोती शाखा प्रमुख विश्वास थापाले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा लुम्बिनी आर्दश डिग्री कलेजका क्याम्पस प्रमुख बाबुराम रानाको प्रमुख आतिथ्यता रहेको थियो । उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कलेजमा वृक्षारोपण गरेकोमा धन्यवाद दिदै अझ वित्तिय कारोवारसँगै अन्य सामाजिक काममा पनि सहभागी हुन अनुरोध गरेका थिए ।

कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक कावासोती शाखाका शाखा प्रमुख बिश्वास थापाले देशभर १४ हजार विरुवा रोपण गर्ने लक्ष्य रहेको र सोही अभियान अन्तर्गत लुम्बिनी कलेजमा एक सय बिरुवा रोपण गरेको बताए । उनले कलेजमा वृक्षारोपण गर्दा हरियाली सगै वातावरणमैत्री समेत हुने भएकाले कलेजमा वृक्षारोपण गरेको बताए ।

वृक्षारोपण गरिएका बिरुवाकोे रेखदेख र संरक्षण क्यापसले नै गर्ने शाखा प्रमुख थापाले बताए । वृक्षारोपण कार्यक्रममा सानिमा लाइफ इन्सुरेन्स कावासोती शाखाका प्रशान्त चापागाई ,नेको इन्सुरेन्स कावासोती शाखाका अनुप शर्मा ,वाच नेपाल प्राविका प्रिन्सिपल सुरज सापकोटा , बैंकका कर्मचारीहरु सहित कावासोतीका युवाहरुको सहभागीता रहेको थियो ।