नेप्सेमा दोहोरो अंकको गिरावट, ७७ करोड ४९ लाखको कारोबार

२६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० कात्तिकमा १९६५.३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको छ ।

नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

आइतबार नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको कारोकार भएको छ ।

आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।

बिहीबार सूचीकृत कम्पनीमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि हुँदा सिंगटी हाइड्रोपावरको ३.३५ प्रतिशत र गोर्खाज फाइनान्सको ३.१४ प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य भने सर्वाधिक ७.९० प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ३.७७ प्रतिशतले बढेको छ ।

यता नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ६.९० प्रतिशतले गिरावट हुँदा खराब वित्तीय विवरणले निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ६.४० प्रतिशतले गिरावट भएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *