नुवाकोटमा आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

  • समाचार
  • २०७९ कार्तिक २९, मंगलवार १५:४२

नुवाकोट : दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भंगेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। खड्काका अनुसार तामाङ घरेलु हतियारसहित मृतकको घरतर्फ गएको देखिएको र घटनास्थलमा हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेका उनी काठमाडौंतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ परेका हुन्।

सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिनाको  हत्या भएको थियो। धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट लागेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *