
स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लैजानुभएको छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका ६ वडा गरी ४१ वडाको मगतणना सकिएको छ ।
अहिले ४ हजार ८७१ मत गणना गर्न बाँकी रहेकाे छ । यदि गणना गर्न बाकी रहेकाे मत अर्यालकाे पाेल्टामा गए पनि गुरुङकाे जित सुनिश्चित भएकाे छ ।