
२५ पुस, पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।
सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् ।
प्रदेश प्रमुखले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेसँगै खगराजले छलफल तथा हस्ताक्षर संकलनको तयारी थालिसकेका थिए । गण्डकीका सत्तारुढ गठबन्धनमा सामेल ३ दलले प्रदेशको भागबण्डा टुंगो नलागे पनि मुख्यमन्त्री दाबी पेश गर्न सबैजसो तयारी आइतबारै सकेका थिए । दलहरु हस्ताक्षर संकलन सकेर आइतबारै तम्तयार थिए ।