९ माघ, काठमाडौं । सिंहदरबार भित्र संघीय संसदको नयाँ भवन धमाधम निर्माण भइरहेको छ । निर्माण सुस्त भएको टिप्पणी भइरहेका बेला राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो देखाएको छ ।

सोमबार समिति सदस्यहरुले निर्माण कार्यको अनुगमन गरेका छन् । निरिक्षणपछि समिति सभापति माया प्रसाद शर्माले समितिका छलफल गरेर आवश्यक निर्देशन दिइने बताए ।

संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) संसदीय समितिहरु, संसदीय दलका कार्यालय समेत रहने गरी भव्य संरचना धमाधम निर्माण भइरहेको छ ।

सोमबार सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिहरु समेतको सहभागितामा संसदीय समितिका सदस्यहरुले निर्माण कार्यको अवलोकन गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु : 

        

तस्वीरहरु : अनलाइनखबर