सुरेश छन्त्याल, गलकाेट: गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ चाैकीमा स्व. दिलबहादुर थापा(बुढा)काे धर्मपत्नी हाल बेलायत निवासी असारी थापा(बुढा) ले पाण्डबखानी स्वास्थ चाैकीमा उपचारार्थ सुत्केरी हुन आउने गरिब तथा अशहाय महिलाहरुका लागी रु.एक लाख पाँच सय ५५ रकम वरावरकाे अक्षयकोष निर्माण गर्नु भएको छ।

त्यस्तै असारी थापा(बुढा)ले नव प्राविमा पनि रु. पचास हजार बराबरको अक्षयकोष निर्माण गर्नु भएको छ। उक्त अवसरमा बाेल्दै पाण्डबखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका बरिस्ट उपाध्यक्ष खड्क बहादुर थापाले विश्वकाे जुनसुकै स्थानमा रहेपनी जन्मभुमि प्रति सधैं सदभाव रही रहने तथा यस ठाउका हरेक समस्यामा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियाे।

