फाष्ट ट्र्याकको सुरुङ निर्माणको लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता, सेनाले तोड्यो लेखा समितिको निर्देशन

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिका पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिको पुल निर्माण गर्न पोली चङ्डा इन्जिनियरिङसँग सम्झौता भएको हो ।

संसद्को सार्वजनिक लेखा समितिले ठेक्का सम्झौताका लागि ठेकेदार कम्पनी छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै रद्द गर्न निर्देशन दिएपनि सेनाले सम्झौता गरेको हो । सम्झौताअनुसार दुवै ठेकेदार कम्पनीले अबको ४२ महिनाभित्र सुरुङ र विशेष प्रकृतिको पुल निर्माण गरिसक्नुपर्नेछ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले रक्षा मन्त्रालयबाट ठेक्का सम्झौता रोक्न कुनै निर्देशन नआएको हुँदा कार्यसूचीअनुसार ठेक्का प्रक्रिया अघि बढेको बताउनुभयो ।

सेनाका अनुसार पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का प्रक्रियामा कसैको उजुरी नपरेकाले पनि ठेकेदार कम्पनीसँग सम्झौता गर्न सहज भएको सेनाले बताएको छ ।

Source:https://www.imagekhabar.com/news/226608/

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 36 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *