अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउन नपरोस भन्दै नबिल बैंकको आर्थिक सहयोग

बैशाख ५, बुधबार

नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स वीर अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । अक्सिजन प्लान्ट स्थापना गर्न मंगलवार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च गर्ने भएको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने भएको हो । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिदै जाँदा अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । सोही प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ महामारीको शुरुवाती दिन देखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई रु ६ करोड नगद सहयोग गरेको छ । त्यसै गरी नबिल बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग साझेदारी गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । यस अन्तर्गत चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको थियो । विर अस्पतालमा अक्सिजन प्लान्ट संगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैकले थप प्रकिया अगाडि बढाइसकेको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रु ८ करोडको सहयोग प्रदान गर्ने भएको छ ।

 

विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनिकरणमा निजि क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु पर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसंग यस किसिमको साझेदारी गरेको हो । हाम्रो जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजि क्षेत्रसहित सम्बन्ध पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा बैकको विश्वास छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १७, बिहीबार २१:०४
    • 41 views
    नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।

    सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार  किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ । प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *