१४ असोज, काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै विवाद भएको थियो । शिक्षकहरू आन्दोलित भएपछि सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो ।
आजकै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।

