काठमाडौं । काठमाडौँको महाराजगञ्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।
१० असोजमा चौधरी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । उनी काठमाडौं महानगरपालिका वडा नम्बर –४ को पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी थिइन ।
उनले आफ्नो पतिले बोक्ने पेस्तोलबाट दुई राउन्ड गोली फायर गरेकी अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो । लक्ष्मण पेस्तोल डेरामै राखेर बाहिर निस्केका बेला श्रीमति चौधरीले पेस्तोल चलाएकी थिइन ।

