२० असोज, दाङ । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।
तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको केसीले बताए ।
दुई महिना अघिमात्र बिबाह गरेका उनीहरुले तुलसीपुरमा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्दै आएको प्रहरीले बताएको छ ।

