कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित

५ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,९८८ जना, कैलालीमा ४१७, मोरङमा ३८३, कास्कीमा ३४७ जना, रूपन्देहीमा ३४६ जना र झापामा ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतमा २७४, ललितपुरमा २७०, बाँकेमा २४०, भक्तपुरमा २२८, सुनसरीमा २०९, धनुषामा १९९, चितवनमा १९३, बारामा १८७, दाङमा १७७, बर्दिया र अछाममा १५८/१५८ जना, काभ्रेपलाञ्चोकमा १५५, गोरखामा १४२, महोत्तरीमा १२७, सिन्धुपाल्चोकमा १२१ र धादिङमा ११७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दोलखा र कञ्चनपुरमा ९१/९१ जना, धनकुटामा ८८, पर्सामा ८५, ताप्लेजुङमा ८३, डडेल्धुरामा ७७,सिरहामा ७३, नवलपरासी पश्‍चिममा ५५, डोटीमा ५३, सिन्धुलीमा ४५, दैलेखमा ४४, तनहुँमा ३७, नवलपरासी पुर्वमा ३५, खोटाङ र रामेछापमा २९/२९ जना र रौतहटमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङजामा २३, सर्लाही, नुवाकोट र अर्घाखाँचीमा २१/२१ जना, पाल्पा र बैतडीमा १९/१९ जना, सप्तरी, म्‍याग्दी र सल्‍यानमा १८/१८ जना तथा तेह्रथुम, सोलुखुम्बु र लमजुङमा १६/१६ जना संक्रमित थपिएका छन् ।

संखुवासभामा १४, मनाङमा १३, कपिलवस्तु र कालिकोटमा १२/१२ जना, पर्वतमा १०, रोल्पामा ८, भोजपुरमा ७, बागलुङ र जुम्लामा ६/६ जना र ओखलढुंगामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र मकवानपुरमा ४/४ जना, इलाम, गुल्मी र दार्चुलामा ३/३ जना, रूकुम पश्‍चिममा २ तथा पाँचथर, रसुवा, प्‍युठान, जाजरकोट र हुम्लामा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १९० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमित देखिएका छन् ।

श्राेतः अनलाइनखबर

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 59 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *