पौष,२१,अर्जुनचौपारि :  नेपाल ट्रेड युनियन काङ्ग्रेस अर्जुनचौपारि गाउँपालिका स्याङ्जाको प्रथम अधिवेशन सकिएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुर्न बहादुरक्षेत्री (रामु) चयन भएका हुन । अध्यक्ष क्षेत्रीको नेतृत्वमा तेह्र सदस्यीय पालिकास्तरीय नयाँ कार्यसमिति चयन गरिएकाे छ ।

No description available.

नव गठित समितीमा खुला उपाध्यक्ष रिषिराम तिवारी , महिला उपाध्यक्ष एलिना गुरुङ , सचिव दिपक विश्वकर्मा, सहसचिव सुधा अर्याल, कोषाध्यक्ष सुजता रोका अधिकारी त्यस्तै सदस्यहरूमा , कमला वि.क.,घुमराज गुरुङ ,केश बहादुर गुरुङ,रमाकान्ता खनाल ,झपड बहादुर क्षेत्रि, अर्जुन काफ्ले र सीता खड्का कार्की चयन भएका छन् ।

No description available.

अधिवेशनमा समारोहका प्रमुख अतिथि नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र न.१ प्रदेश ख का सभापति तथा अर्जुनचौपारि गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले कार्यसमितिका नयाँ नेतृत्वलाई सबैको हितमा रहेर काम गर्न आग्रह गर्दै पदीय जिम्मेवारी धारणा गरेका व्यक्तिले कुशल र जुझारु रूपमा नेतृत्व गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

स्याङ्जाका एघार स्थानीय तह मध्ये अर्जुनचौपारि गाउँपालिका बाट सञ्चालन भएको अधिबेशन सबै स्थानीय तहमा छिट्टै सम्पन्न गर्ने नेपाल ट्रेड युनियन काङ्ग्रेस स्याङ्जाका अध्यक्ष दुर्गा बहादुर रोकाले जानकारी दिए।

No description available.

कार्यक्रमका वक्ताहरु नेपाली काङ्ग्रेस अर्जुनचौपारि गाउँपालिका उपसभापति क्षेत्र बहादुर रोका,नेपाल महिला संघ केन्द्रीय सदस्य माया के.सि.,वडा नम्बर १ का पाटि सभापति तथा वडा अध्यक्ष रण बहादुर थापा,शोभाकान्त अर्याल ,ट्रेड युनियन जिल्ला कोषाध्यक्ष लेखनाथ शर्मा ,जिल्ला सचिव कमल गैह्रे,राजकुमार उपाध्यक्ष ,माया पाण्डे अधिकारीले सबै जना एकजुट भएर संगठन मजबुत बनाउन अाग्रह गर्दै नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

No description available.

ट्रेढ युनियनमा नेपाल शिक्षक सङ्घ, नेपाल ब्यूटिसियन सङ्घ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल प्रेस युनियन, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल गृह श्रमिक सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल नाइ सङ्घ, नेपाल पर्यटन होटल क्यासिनो सङ्घ, नेपाल इम्बोइडरी हेण्डिक्र्याफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ लगायत सस्थाहरू सदस्य छन।

ट्रेड युनियन गण्डकी प्रदेश कमिटी सदस्य तथा कार्यक्रम संयोजक अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिपक विश्वकर्माले गरेका थिए ।