काठमाडौं । बरहथवा घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको हो । सो समितिमा प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।
साथै गृह मन्त्रालयले मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
"सुचना, समाचार र मनोरञ्जनको विश्वासिलो आधारः सत्य, तथ्य र निष्पक्ष एन.सञ्चार" भन्ने मुल मन्त्रसहित स्थापित नवलपुरकै पहिलो व्यावसायिक अनलाइन पोर्टल www.nsancharonline.com का साथै एन. सञ्चारका विविध प्लेटफर्म फेसवुकमाः Nsanchar Media & advertising agency युटुवमाः NsancharTV टिकटकमाः Nsanchar साउण्डक्लाउडमाः Nsanchar Media हाम्रो पात्रो तथा नेपाली पात्रोमाः Nsanchar Online Radio मार्फत २४ सै घण्टा अनलाइन रेडियो प्रसारण लगायत गुगलमा N Sanchar सर्च गरि एन.सञ्चारका विविध सामाजिक सञ्जालहरुमा जोडिन सक्नुहुनेछ ।