+
+
-- Sponsored Ad --

उपप्रधानमन्त्री पोखरेलका छोरा संलग्न रहेको कम्पनी थाहा पाएपछि भेन्टिलेटर खरिदबाट पछि हट्यो वीर अस्पताल

648 पटक हेरिएको
Clock २०७८ जेष्ठ ६, बिहीबार २१:५९
-- Sponsored --

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा संलग्न रहेको कम्पनीसँग भेन्टिलेटर खरिद गर्ने तयारीबाट वीर अस्पताल प्रशासन पछाडि हटेको छ।  काठमाडौं महानगरपालिकाले १० वटा भेन्टिलेटर र ५० वटा मनिटर खरिदका लागि पैसा दिने भएपछि वीर अस्पतालले म्याक्सिम कम्पनीलाई छनोट गरेको थियो।

म्याक्सिमले यसअघि टिचिङ अस्पताललाई पनि मेडिकल सामग्री उपलब्ध गराएकाले त्यहि दरमा वीरले पनि मेडिकल सामग्री खरिदको प्रकृया अगाडि बढाएको थियो। तर म्याक्सिममा उपप्रधानमन्त्री इश्वर पोखरेलका छोरा स्वराजको संलग्नता रहेकाे बुझेपछि वीर र काठमाडौं महानगरपालिका दुवै उक्त कम्पनीसँग भेन्टिलेटर र मनिटर खरिदको प्रकृयाबाट पछाडि हटेको बुझिएको छ।

‘महामारीको यो समयमा खरिद प्रकरणमा कुनै विवाद नआओस् भनेर अरु कम्पनी खोज्ने निर्णय गरिएको हो’, अस्पताल स्रोत भन्छ।

अर्को कम्पनी छनोट गरेर सामान ल्याउन एक डेढ महिना लाग्नसक्ने र त्यतिबेलासम्म ढिलाई हुन सक्ने वीर अस्पताल प्रशासन बताउँछ। उपप्रधान्मन्त्री पोखरेलका छोरा ठेक्कापट्टामा विवादित बन्दै आएका छन्।

कोरोना भाइरसको महामारीका कारण देशभर रहेका अधिकांश आईसियू र भेन्टिलेटर खाली छैनन्। यसले गर्दा गम्भिर अवस्थाका संक्रमितहरु उपचार नपाएरै ज्यान गुमाउने अवस्थामा छन्।

यसैबीच अक्सिजन उपलब्ध नहुँदा वीर अस्पतालले नयाँ भवनमा ५ सय शैय्याको कोभिड डेडिकेटेड उपचार सुरु गर्न सकेको छैन। सरकारले दुई साता अघि नयाँ भवनमा कोरोनाका विरामीलाई उपचार सुरु गर्ने निर्णय गरेको थियो। तर अक्सिजनसहितको उपचार आवश्यक पर्ने भएकाले नयाँ भवनमा काम सुरु गर्न नसकिएको बताइएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win