जलवायुजन्य विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने विज्ञहरुको चेतावनी

  • समाचार
  • २०८१ जेष्ठ २२, मंगलवार १५:३६

काठमाडौं । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत ८ वर्षमा करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधी लगायतका घटनाहरु बढी भन्दा बढी वृद्धि हुने उनीहरुले बताएका हुन् ।

कार्यक्रममा जलवायु विज्ञ एवं प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरो लगायतका घटनाहमा वृद्धि हुने बताउनुभयो । उहाँले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठूलो असर पुग्ने बताउनु भयो । उहाँले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताउनुभयो ।

निर्देशक सिंहले भन्नुभयो, ‘अब आउँदा दिनहरुमा एक्स्ट्रिम क्लाइमेट इभेण्टका घटनाहरु बढ्दै जानेछन् भन्ने खालको एउटा निस्कर्ष निकालिएको छ । बाढी, पहिरो, समुन्द्री आँधी वा त्यस्ता घटनाहरु बढ्दै जाने र त्यस घटनाहरुले प्राकृतिक मानवीय प्रणालीमा असर पर्दछ । भन्नेखालको कुरा आइपीसिसीले निकालेको निस्कर्ष हो । यसको ज्वलन्त उदाहरण मेलम्चीको बाढीलाई हेर्नसक्छौँ । लस एण्ड ड्यामेजको कुरा गर्दा जलवायु परिवर्तनसँग सम्बन्धित युएनएफसिसिसीले कस्ता खालका लस एण्ड ड्यामेज हनसक्छन् भन्दा दुई वटा क्याटागोरीमा लस एण्ड ड्यामेजलाई छुट्याएको छ । एउटा आर्थिक हानी तथा नोक्शानी छ । अर्को गैरआर्थिक हानी तथा नोक्शानी छ ।’

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक श्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको बताउनुभयो । उहाँले बाढीका कारण प्राकृतिक सौन्दर्यमा पनि असर परेको बताउनुभयो । उहाँले बाढीका कारण बसाइँसराइको समस्यासमेत बढेको बताउनुभयो । बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *