नवलपुरको कावासोती ४ हसौरामा मगंलवार देखि हराइरहेका ३० महिने बालक वुधवार खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।
कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुङ्गानाका नाति सुवास ढुङ्गाना आज बिहान सवा ९ बजेतिर कावासोती ४ हसौरा स्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताए ।
घटना स्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए । बालक हिजो विहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासि बेपत्ता भएका थिए ।
उनको खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेपछि फेला पर्न सकेको थिएन ।