+
+
-- Sponsored Ad --

कावासाेतीका ३० महिने वालक हसाैरा खाेला किनारमा मृत फेला ।

377 पटक हेरिएको
Clock २०८१ श्रावण २३, बुधबार १६:२८
-- Sponsored --

नवलपुरको कावासोती ४ हसौरामा मगंलवार देखि हराइरहेका ३० महिने बालक वुधवार खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुङ्गानाका नाति सुवास ढुङ्गाना आज बिहान सवा ९ बजेतिर कावासोती ४ हसौरा स्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताए ।

घटना स्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए । बालक हिजो विहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासि बेपत्ता भएका थिए ।

उनको खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेपछि फेला पर्न सकेको थिएन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win