+
+
-- Sponsored Ad --

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

229 पटक हेरिएको
Clock २०८१ कार्तिक २१, बुधबार १८:२०
Donald-Trump-Photo-White-House-1024x651
-- Sponsored --

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । योसँगै उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए भने २०२० को चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

यस पटकको चुनावमा ट्रम्पले डेमोक्रेट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरका हुन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी छ ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित निश्चित भएको छ । राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक हो ।

ट्रम्पले आफ्नो जितलाई सबैभन्दा ठूलो राजनीतिक उपलब्धि बताएका छन् । उनले आफ्नो देशका जनतालाई धन्यवाद दिने क्रममा इजरायल र उक्रेनप्रति इंगित गर्दै अब युद्ध नहुने बताएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win