मंसिरसम्म भित्रिय २५ ‘हाइब्रिड’ गाडी ।

  • अर्थ
  • २०८१ पुष ८, सोमबार २२:१२

८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २५ (पेट्रोल–विद्युतीय) हाइब्रिड सवारीसाधन नेपाल भित्रिएको छ ।

भन्सार विभागका अनुसार २ हजार सीसीसम्मको ‘प्लग आउट’ हाइब्रिङ गाडी मंसिरसम्म १८ युनिट भित्रिएको छ । यस्तो गाडीलाई विद्युतमा चार्ज गरिराख्नु पर्दैन । यो गाडीभित्र रहेको डाइनामो घुम्दा विद्युत् उत्पादन भई स्वतः चार्ज हुने गर्छ ।

हाइब्रिड (पेट्रोल–विद्युतीय) गाडीमध्ये २ हजार सीसीसम्मको ‘प्लग इन’ गाडी आयात मंसिरसम्म ७ युनिट रहेको भन्सार विभागले जनाएको छ । प्लग इन गाडीमा भने विद्युत् जडान गरी चार्ज गरिन्छ । जसलाई पेट्रोलको अभावमा पनि गुडाउन मिल्छ ।

पाँच महिनामा भित्रिएका २५ हाइब्रिड सवारीसाधन आयातमा ९ करोड ६८ लाख रुपैयाँ विदेशिएको तथ्यांकमा देखिन्छ ।

ईभीतिर बढ्दो गति :

विद्युतीय सवारीसाधन (ईभी) आयात समेत आकासिएको छ । कारतर्फ पाँच महिनामा ४ हजार ९ सय ९७ युनिट भित्रिएको छ । कात्तिकसम्म ३ हजार ४ सय ८७ युनिट ईभी भित्रिएकोमा मंसिरसम्म आइपुग्दा यो संख्या झन्डै ५ हजार नजिक पुगेको हो ।

मंसिरसम्म ५० किलोवाटसम्म क्षमताका १ हजार ४ सय ९० युनिट ईभी गाडी भित्रिएको छ । यी गाडी आयातमा २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ विदेशिएको छ ।

त्यस्तै ५१ बाट १ सय किलोवाटसम्मको क्षमताका २ हजार ७ सय ५७ युनिट ईभी भित्रिएको भन्सार विभागले जनाएको छ । यसका लागि ६ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ विदेशिएको छ ।

१०१ देखि २ सय किलोवाटसम्म क्षमताका ४ सय ४३ युनिट ईभी भित्रिएको छ । यसमा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ विदेशिएको तथ्यांकमा देखिन्छ ।

त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्मका ५ युनिट ईभी आएको छ । जसको मूल्य ३ करोड २३ लाख रुपैयाँ रहेको देखिन्छ । ३ सय किलोवाटभन्दा माथि २ युनिट ईभी आएको छ । जसको मूल्य ८३ लाख २३ हजार रुपैयाँ रहेको भन्सार विगागले जनाएको छ ।

सार्वजनिकमा ईभी आकर्षण:

मंसिरसम्मको तथ्यांक अनुसार माइक्रोबस र मिनीबसको आयात समेत उत्साहजन रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिरसम्म माइक्रोबस (११–१४ सिट) को आयात ४३९ युनिट भएको देखिन्छ । जसका लागि १ अर्ब २८ करोड ३६ लाख रुपैयाँ विदेशिएको छ । मिनिबस (१५ देखि २५ सिट) गाडी भने ३ सय ९७ युनिट आयात भएको छ । जसमा १ अर्ब २७ करोड १६ लाख रुपैयाँ विदेशिएको तथ्यांक भन्सार विभागको छ ।

तीन पाङ्ग्रेमा ईभी बाढी:

उता, तीन पाङ्ग्रेमा समेत ईभी गाडीको आकर्षण अत्यधिक रहेको छ । मंसिरसम्म ‘इलेक्ट्रिक थ्री ह्विलर’ ४ हजार ९ सय ३६ युनिट भित्रिएका छन् । यसको मूल्य ५० करोड ५५ लाख रुपैयाँ देखिन्छ ।

अनएसेम्बल्ड थ्री ह्विलर भने ३ हजार २ सय ५० युनिट भित्रिएका छन् । यसका लागि ३० करोड ७७ लाख रुपैयाँ विदेशिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । अन्य विद्युतीय थ्री ह्विलर ७ सय ६१ युनिट भित्रिएका छन् । यसको मूल्य ९ करोड ६९ लाख रहेको भन्सार विभागले जनाएको छ ।

कर बढ्दा पनि आकर्षण भने उस्तै:

सरकारले १५ जेठमा ल्याएको चालु आवको बजेट र आर्थिक विधेयक मार्फत ईभीमा लाग्दै आएको करको दर बढाएको थियो । शून्य किलोवाट र ५१ देखि १ सय किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको थियो ।

१०१ देखि २ सय किलोवाटसम्म भन्सार यथावत राखेर अन्तःशुल्क १० प्रतिशत बढाएको थियो । त्यसभन्दा माथि २०१ देखि ३ सय किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको थियो । ३ सय किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाएर अन्तःशुल्क बढाइएको छ ।

ईभीको कर बढ्दै जाँदा पनि सर्वसाधारणमा यस्ता गाडीप्रतिको आकर्षण झनै बढ्दै गएको देखिन्छ । नेपाली बजारमा विशेषगरी चिनियाँ र भारतीय ब्रान्डबीच प्रतिस्पर्धा देखिन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१०
    • 68 views
    आर्थिक मन्दीको असर देखिएपछि धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरू,

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषण गर्न थालेका छन् । हालसम्म घोषणा गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिएको…

    विस्तृत.....

    • २०८१ कार्तिक १०, शनिबार १७:२३
    • 104 views
    सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरु गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *