कमला राना, पौष १४, आइतबार, कावासोति । झ्याउरे सम्राट मास्टर मित्र सेन थापा मगरको १३० औ जन्मजयन्ती कावासोतिमा आज मनाइएको छ ।
मास्टर मित्र सेन थापा मगर स्मृति प्रतिष्ठान नवलपुरद्धारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य गाहाले बहुआयामिक प्रतिभाका धनि झ्याउरे सम्राट मित्रसेन थापा नेपाली गितसंगित क्षेत्रको नक्षत्रको रुपमा रहेको बताउनुहुदै उहांको योगदान अतुलनिय रहेको उल्लेख गर्नुभयो ।
मास्टर मित्रसेन थापा मगर स्मृति प्रतिष्ठान नवलपुरका उपाध्यक्ष मोहन थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहाकार धनबहादुर मास्की राना मगर, नेपाल मगरसंघ केन्द्रीय सदस्य मेख बहादुर शारु, भु.पु.सै. कल्याणकारी सस्थाका अध्यक्ष लेखनाथ तिवारी, लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिष्ठानका सल्लाहाकार भुवन आले मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा झ्याउरे सम्राट स्व. मास्टर मित्रसेन थापा मगरको जिवनीबारे सल्लाहाकार बाबुराम राना मगरले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमका सञ्चालन सचिव चोक बहादुर पाइजा मगरले गर्नुभएको थियो ।