अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने सुनेका पनि छौँ तर, सर्पको यस्तो विषको बारेमा सायदै सुनेका छैन होला जसको एक थोपा विषले ५०० मानिसको मृत्यु हुने गर्दछ ।

सुन्दा अपत्यारिलो लागे पनि यो कुरा साँचो हो । निकै नै विषालु यो सर्पले प्राय नटोक्ने गरेको पाइएको छ । अफ्रिकाको जंगलमा धेरै पाइने यो हेर्दा निकै राम्रो रंग र आकर्षक आँखा भएका हुन्छन् । यो सर्पको प्रजातिको नाम ‘बमस्ल्याङ्ग’ हो । हरियो, पहेँलो, खैरो र गुलाबी रङको यसको छालाले यसलाई रुखमा लुक्न मद्दत गर्दछ ।

वन्य जीव विशेषज्ञका अनुसार यो सर्पले टोकेको मानिसको मृत्यु निश्चित छ । १७० डिग्री सम्मको मुख खोल्न सक्ने यो सर्पले टोकेपछि मानिसको मृत्यु निश्चित हुन्छ ।

बूमस्ल्याङको विषलाई हिमोटक्सिन श्रेणीमा राखिएको छ । यो सर्पको विषले रगत जम्न बन्द गरिदिन्छ । रगत नजम्ने भएका कारण शरीरको भित्र र बाहिर खुल्ला भएको अंगबाट लगातार रगत बग्न सुरु गर्दछ । यो सर्पको टोकाइको निक्कै दिनसम्म पनि केही लक्षण देखिँदैन । तर, बिस्तारै उसमा टाउको दुखाई, बेहासी, निन्द्रा, मानसिक विक्षिप्तजस्ता लक्षणहरू पनि देखा पर्न थाल्दछन् ।

सम्बन्धित समाचारहरूः

  • २०८१ कार्तिक २४, शनिबार १५:५१
  • 76 views
यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

विस्तृत.....

  • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
  • 82 views
हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *