विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम, स्थानिय भन्छन नेताकाे इगाेका कारण काम राेकीयाे ।

बोमलाल गिरी,
माघ १७ गते ।  राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका – २ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए ।

गत वर्षको असोज ११ र १२ गते नारायणीमा आएको बाढी ड्याम भत्काएर बस्तीमा छिर्दा मध्यविन्दुका वडा नं २, ४, ६, १२ र १५ का बस्ती डुवानमा परेका थिए । मानवीय क्षति नभए पनि उर्बरभूमि बगरमा परिणत भएको थियो । कैयौं घरपरिवार अहिलेसम्म पनि विस्थापित भएका छन् । नदी कटानले नन्दपुर, सीतापुर र धजाह बस्ती बढी जोखिममा छन् ।

डुवानबाट जोगाउन नारायणी नदी व्यवस्थापन आयोजना चितवनले झण्डै १० करोड लागतमा नदी छिरेको स्थान बलघट्टामा ड्याम लगाउने काम गरिरहेको थियो । ड्याममा ग्याबिन तार जाली लगाउने, ठुला ढुङ्गा किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउने लगायत काम भइरहेको अवस्थामा एक्कासी फागुनसम्मका लागि काम रोकिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयले कांग्रेस र एमालेका केही नेताहरूको इगोका कारण काम अघि बढ्न नसकेको बताएका छन् । गत वर्षको बाढीले नसोचेको क्षति व्यहोरेको भन्दै यो ठाउँमा तत्काल बाँध नबाध्ने हो भने आगामी वर्षामा यसले झन ठुलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

गत वर्षको बाढीबाट पीडित डिल्लीराम थनेतले यस्ता कुरामा विवाद गर्दा आफूहरूलाई थप चिन्ता थपेको बताए । अर्का स्थानीय नारायणप्रसाद थनेतले पनि वर्षा लाग्नु अघि नै ड्याम नबाध्ने हो भने तटीय क्षेत्र डुवानको मारमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

नारायणी नदी व्यवस्थापन आयोजनाले पनि विवादका कारण हाललाई ड्याम बनाउने काम रोकिएको बताएको छ । आयोजनाका डिभिजन इन्जिनियर प्रकाश लम्सालले विवादका कारण कामलाई निरन्तरता दिन नसकिएको बताए ।

निकुञ्जले दिएको म्याद सकिनु तीन दिनअघि स्थानीय केही व्यक्तिले धम्की दिएपछि काम रोकिएको मध्यविन्दु –२ का अध्यक्ष अधिकारीले बताए । चितवन राष्ट्रिय निकुञ्ज अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकारीले स्थलगत अवलोकन गरेर जागिरै खाने गरी धम्की आयो भनेपछि काम रोकेको अध्यक्ष अधिकारीको भनाइ छ ।

‘‘वडा नं २, ६, १२ र १५ का जनता र उर्बरभूमि जोगाउनका लागि ड्याम लगाउन लागिएको हो, तर राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव समेत रहेका स्थानीय श्रीधर शर्मा भट्टराईले एक्कासी अमलटारी पश्चिम सेक्टर र निकुञ्जमा फोन गरी  धम्की दिएकाले काम रोकियो,’’ अध्यक्ष अधिकारीले भने, ‘‘जनताका लागि काम गर्दा अवरोध गर्नु अत्यन्तै निन्दनीय छ ।’’

सदस्य सचिव शर्माले भने नारायणी नदी नियन्त्रण गर्ने काममा भएको अवरोधमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। वडाध्यक्ष अधिकारीले आफूमाथि लगाएको आरोप भ्रामक भएको उहाँको दाबी छ ।

चितवन राष्ट्रिय निकुञ्जले ‘चरा तथा गोहीको वासस्थान, विचरण तथा घाम ताप्ने ठाउँमा खलल नपार्ने र तोकिएको क्षेत्रबाहेक अन्यत्र कार्य नगर्ने तथा आवश्यक नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रभन्दा बाहिरबाट ल्याइ प्रयोग गर्ने र सो स्थानबाट नदीजन्य पदार्थ प्रयोग नगरी मङ्सिर २२ देखि माघ १५ भित्र निकुञ्ज कर्मचारी तथा सुरक्षाकर्मीको निगरानी र अनुगमनमा बिग बोल्डरसहित संरक्षण कार्य गर्ने’ भन्दै पत्र लेखेको थियो ।

दुबै पक्षको आपसी सहमतिमा फागुन लागे लगत्तै ड्याम बाध्ने काम हुने निकुञ्जका सूचना अधिकारी थापाले बताए । कानुनी प्रक्रिया नमिलाई काम भएको भन्दै केही व्यक्तिले फोन गेर धम्की दिएको र अख्तियारमा जाने भन्ने कुरा पनि आएको रहेछ, त्यसैले हामीले सबैलाई सहज हुनेगरी जाने भनेर अहिले नारायणी किनारमा बिग बोल्डरको (ठुला ढुङ्गा बिच्छ्याउने) काम गर्ने तर ग्राभेल नगर्ने भनेका छौं’’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी थापा मगरले भने ।

स्थलगत अनुगमनपछि अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकृत मधु नेपालीले पार्टीगत रूपमा आपसी विवाद देखिएकाले काम हुन नसकेको बताईन् ।

२०५८ सालमा पनि नारायणी नदी बस्तीमा पस्दा धजाह गाउँ नै बगाएको थियो । त्यतिखेर घरबारविहीन भएका १ सय २ घर परिवार स्थानीय हाल मध्यविन्दु नगरपालिका –६ र ७ का विभिन्न स्थानमा अव्यवस्थित रूपमा बसोबास गर्न बाध्य छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *