धनगढी, साउन २४ । कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

कारागारमा बिहीवार रातिदेखि नै कैदीबन्दीबीच कुटाकुट हुँदा घाइते एक जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कुटपिट हुँदा ४६ जना घाइते भएको जनाइएको छ । झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ ।

प्रहरीले सुरक्षामा लापरवाही गर्दा घटना भएको आरोप लागेको छ । अहिले कारागार परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।