सिद्दान्तको टुङ्गो नभएकाले सरकार असफल : कांग्रेस वरिष्ठ नेता पौडेल

मिना कंडेल नवलपुर ,फागुन २०||
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको कुनै पनि सिद्दान्तको टुङ्गो नभएको बताउनु भयो । सिद्दान्तको टुड.गो नभएकाले सरकार असफल भएको आरोप लगाउनु भयो । उहाँले मौषम अनुसार चोला फेर्नै भएकाले अविश्वासका पात्र भएको बताउनु भयो । बिहीवार पुर्वी नवलपरासीको कावासोतीमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भयो ।
वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।’ उनले भने, ‘सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छौँ ।’
नेपाली कांग्रेस भरोसाको केन्द्र वन्नको लागि आफ्नो चरित्र, आचरण र व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । वर्तमान अवस्थामा तोकिएको समयमा अधिवेशन गरेर पार्टीलाई पुर्नजिवन दिनु पर्ने पौडेलको तर्क थियो । पार्टी तदर्थवादमा चलेको बताउदै पौडेलले भातृ संस्थाको अधिवेशन हुन नसक्दा पार्टी कम्जोर भएको समेत बताएका छ्न ।
उनले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई नचाहिने बताए । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा बाँचुञ्जेल रहने पौडेलको भनाइ थियो । फरक प्रसंगमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसका शुभेच्छुक संस्था र भातृसंस्था र कार्यकर्ताहरुलाई कुनै व्यतिmको पछाडि नलागि काग्रेस हो भनि लाग्नु पर्नेमा जोड दिनु भयो ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १९:५०
  • 12 views
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

विस्तृत.....

  • २०८१ माघ २३, बुधबार १२:४८
  • 62 views
पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *