उद्योगमा लागेको आगो ५ घण्टा पछि नियन्त्रणमा, क्षतीको विवरण आउन बाकी

 देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं २ दुम्कौलीमा अवस्थित चौधरी उद्योग ग्रामको वियर कम्पनीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ८ बजेरबाट सुरु भएको आगलागी करिब ५ घण्टा पछि नियन्त्रणमा आएको हो ।

आगोलागी नियन्त्रणका लागि भरतपुर महानगरकाबाट, खैरहनी नगरपालिकाबाट, नेपाली सेनाकोबाट र कावासोती नगरपालिकाको गरि ५ वटा बारुण यन्त्र अर्थात दमकलको प्रयोगबाट नियन्त्रण गरिएको थियो ।

चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले विद्युत सट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको बताउनुभयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी शशस्त्र प्रहरी बल, नेपाली सेना लगाएत सोहि ठाउमा काम गर्ने कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

आगलागीबाट के कति क्षति भयाे भन्ने विषयमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।

विस्तृत भिडियाेमाः