‘एउटा पार्टीले मलाई भन्यो, तैँले चाहिँ गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौ’ : पृथ्वीसुब्बा गुरुङ

असार ४, पोखरा,

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई तमुवान राज्य बनाए आफ्नो नेतृत्वको तत्कालीन सरकार जोगाइदिने प्रस्ताव आएको बताउनुभएको छ ।

प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका गुरुङले प्रदेशको राजधानीको नाम तमुवान राखेको खण्डमा आफ्नो नेतृत्वको सरकार बचाइदिने प्रस्ताव आएको बताउनुभएको हो ।

गुरुङले भन्नुभयो, ‘एउटा पार्टीले मलाई भन्यो, तैँले चाहिँ गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौ । मैले चाहिँदैन, यो बाटोमा म हिँड्न सक्दिन । मैले यही भन्या हो ।’

जातीय सद्भाव, सांस्कृतिक सद्भाव र सामाजिक सद्भाव जोगाउने सबैको कर्तव्य रहेको उल्लेख गर्दै त्यसलाई कसैले भत्काउन खोजे आफूहरू चुप लागेर नबस्ने र सशक्त प्रतिवादमा उत्रिने चेतावनी समेत दिनुभयो ।

जातीय सद्भाव कायम गर्ने उद्देश्यले नै सबै पार्टी सँगको छलफलमा प्रदेशको नाम गण्डकी नामाकरण गरिएको स्मरण गर्दै उहाँले सानो दुखले गण्डकी प्रदेश नबनेको भन्दै जातीय सद्भाव र सांस्कृतिक सद्भाव गण्डकी प्रदेशको ठुलो सम्पत्ति रहेको र त्यसलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयतालाई बलियो बनाउन वर्तमान सरकार लागेको खण्डमा नेकपा एमालेले सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 22 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *