
निस्चल गौडेल,फाल्गुण २१ शुक्रवार ।।
कावासोती नगरपालीका वडा नम्वर १२ मा राष्ट्रीय परिचय पत्र वितरण कार्य सुरु भएको छ । यहि फागुन १६ गते देखी टोल विभाजन गरि परिचय पत्र वितरण कार्य सुरु गरिएको कावासोती नगरपालीका वार्ड नं १२ का वडाध्यक्ष खेम प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
विशेष गरि सरकारी कर्मचारी शिक्षक विद्यार्थीहरु लगाएतलाइ मध्यनजर गर्दै (शनिवार) विदाको दिन पनि सेवा सुचारु गरिएको समेत उहाले जानकारी दिनुभएको छ । करिव १ हजार ९ सय मतदाता रहेको १२ नम्वर वार्डमा शुक्रवार सम्म करिव १ सय जनालाइ राष्ट्रीय परिचय पत्र वितरण गरिसकिएको छ ।
१ जना रुजुकर्ता , १ जना फारम भर्ने व्यक्ति, १ जना सहयोगी तथा २ जना कम्प्युटर अपरेटर सहितको टोलीले सेवा दिइरहेको जनाइएको छ ।
कावासोती नगरपालीका १२ नम्वर वडाका १४ टोल मध्ये क्रमसः १३, १२, ११ गरि अन्तिममा १४ नम्वरको टोलमा परिचय पत्र वितरण गरिने भएको हो । वडाध्यक्ष,जनप्रतिनिधी,कर्मचारी लगाएतकाको सक्रिय सहभागीतामा शान्तिपुर्ण र सहज वातावरणमा परिचय पत्र वितरण कार्य सञ्चालन भइरहेको छ ।
अन्य ठाउवाट वसाइ सरि आएका व्यक्तिहरुको लागी वसाइसराइको कागजात उपलव्ध गराउनुपर्ने , नागरिकतामा अंग्रेजि नाम उल्लिखित नभएकाहरुले अंग्रेजि नाम उल्लिखित सरकारी कागजात पेस गर्नुपर्ने, आफु वसिरहेकै ठाउवाट नागरिकता लिएको भए आफ्नो ३ पुस्ता खुल्ने कागजात पेस गर्नुपर्ने लगाएतका मापदण्ड पुरा गरेको खण्डमा नमुना रसिद लिएर परिचय पत्र वितरण गरिएको वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । कावासोती १२ ले नमुना काम गरेको र यस कार्यमा सवैले यथास्थान वाट सहयोग पुर्याइदिनुहुन समेत काफ्लेले आग्रह गर्नुभएको छ ।