स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने

कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक तह द्वितीय वर्षको मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा वैशाख १३ गतेपछि स्थगित गरिएको थियो ।परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । अन्यथा हुन गएमा जवाफदेही नहुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अनलाइन खबरबाट

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *