+
+
-- Sponsored Ad --

पहिलो दिन नै अर्थमन्त्री शर्माका दुई निर्णय : खोप किन्न ५ अर्ब र स्वास्थ्यकर्मीको जोखिमभत्ता स्वीकृत

976 पटक हेरिएको
Clock २०७८ असार ३०, बुधबार १४:३०
-- Sponsored --

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले स्वास्थ्यकर्मीहरूका लागि जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गर्नुभएको छ ।

सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहने बताउँदै अर्थमन्त्री पौडेलले महामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुयभो ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो ।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय पनि गरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win