भीषण बाढीमा परि २५ जनाको मृत्यु, सात जना बेपत्ता ।

काठमाडौं – चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए ।

तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो । १० करोड भन्दा बढी जनसंख्या भएको सो प्रान्तमा २ लाख भन्दा बढी बाढी प्रभावितको उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बाढीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको त्यहाँँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण दर्जनौ सडकमा क्षति पुगेको छ भने निजी तथा सरकारी संरचनाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ । चीनको केन्द्रीय सरकार र हनान प्रान्त सरकारले प्रकोप उद्दारका लागि जनशक्ति परिचालन गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । जनमुिक्त सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई प्रभावितहरुको उद्दारका लागि परिचालन गरिएको बताइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 157 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 45 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *