व्यवसायीको सहजताको लागि मोबाइल खाता एप्स सार्वजनिकः नवलपुरका लागी शिब माेवाइल सर्भिस छनाेटमा ।
डे बुक र लेजरमा पसल व्यवसायको हिसाब राखेर झन्झट व्यहोर्न बाध्य रहेकाहरुलाई लक्षित गर्दै मोबाइल खाता एप्स प्रयोगमा ल्याइने भएको छ । बिहीबार हेटौंडामा एक कार्यक्रमकाबीच मोबाइल खाता एप्स सार्वजनिक गरिएको हो ।
मोबाइल हातमा, खाता साथमा’ भन्ने नाराका साथ व्यवसायीको सहजताको लागि वेदान्त टेक्नोलोजीज प्रालिले एप्स निर्माण गरेको हो । एप्समा आम्दानी खर्चको विवरण सहजै राख्न सकिने जानकारी दिँदै वेदान्तका निर्देशक भरत सापकोटाले परम्परागत रुपमा पसलमा प्रयोग हुँदै आएको डे बुक तथा लेजरको सट्टामा मोबाइलमा नै आफ्नो सम्पूर्ण व्यवसायिक गतिविधिलाई डिजिटल रुपमा राख्न सकिने बताए ।
‘यो एप्सको माध्यमबाट खरिद्, विक्री, खर्च, उधारोलगायतका हिसाब राख्न मिल्नुका साथै व्यवसायिक र व्यक्तिगत लेखा मोबाइलमा नै राख्न सकिनेछ’, सापकोटाले भने, ‘यसका लागि छुट्टै कम्प्यूटरको आवश्यक पर्दैन । कर्मचारी खर्च जोगिनेछ, बिल बनाउन र शेयर गर्न सहज हुनेछ । उधारो कारोवारको सम्पूर्ण रेकर्ड एकै ठाउँमा देखिनेछ ।’ एप्सको माध्यमबाट उधारो उठाउन बाँकी रहेकाहरुलाई सम्झाउन फोन र म्यासेज गर्न सकिनेछ । यो सबै प्रकारको व्यवसायमा प्रयोग गर्न सकिने जानकारी दिइएको छ । यस्तै बैंक तथा वित्तिय संस्थामा पेश गर्ने स्टक लगायतका रिपोर्ट बनाउन अतिरिक्त खर्च नलाग्ने वेदान्त टेक्नोलोजीज प्रालिका निर्देशक सापकोटाले जानकारी दिए ।
‘एक क्लिकमा मोबाइलबाटै आफ्नो व्यवसायको अवस्था थाहा हुनेछ । लिनुपर्ने, दिनुपर्ने सबै मोबाइलबाटै जानकारी मिल्नेछ’, उनले भने, ‘व्यवसायीको सहजताको लागि मोबाइल पसल र मोबाइल ढुवानी एप्स पनि सञ्चालनमा ल्याउने तयारीमा रहेका छौं ।’ यो एप्स प्रयोगको लागि बार्षिक रुपमा भ्याटसहित ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । एप्स प्रयोगबाट कुनै असुरक्षा नहुने उल्लेख गर्दै आयोजकले वेदान्त टेक्नोलोजीज प्रालि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएकोले केही समस्या परेमा क्षतिपूर्ती वा कारबाहीका लागि तयार रहेको कम्पनीका अध्यक्ष आनन्दकुमार शाहले बताए ।
मोबाइल खाता एप्स अब नवलपुरमा पनिः
यसैविच सो एपको लागी नवलपुर जिल्लाको आधिकारीक डिलरको रुपमा कावासोतीको शिव मोवाइल सर्भिस छनोटमा परेको छ ।
अहिलेको डिजिटल युगमा प्रविधिसग परिचित हुन सक्ने हो भने असंख्य कामहरु सहज हुन सक्ने भन्दै सो एप सर्वसाधारण माझ लोकप्रिय वन्न सक्ने शिब मोवाइल सर्भिसका प्रबन्धक शिब पोख्रेलले बताए ।
नवलपुरका अन्य मोवाइल पसल या जो कोहीले पनि सो एपको डिलरसिप लिन चाहेको खण्डमा शिब मोवाइल सर्भिस कावासोती २ इन्द्रचोकको मोवाइल नम्वर ९८५७०४०९७६ या ९८०२०४०९७६ मा सम्पर्क गर्न प्रबन्धक पोख्रेलले आग्रह गरेका छन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती