विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्लाई नवलपुरबाट झड्काः सिडियाेले अन्याय गरेकाे पिडित पक्षकाे आराेप ।

 दिपेन्द्र रेग्मी, साउन ५, कावासोति ।। देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्वको हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनामा विनयित्रिवेणि गाउँपालिका २ का स्थानियले विरोध जनाएका छन् ।

नवलपुरको विनयित्रिवेणि गाउँपालिका वडा नं. २ सुनटाडिका बासिन्दाले आज पत्रकार सम्मेलन मार्फत आयोजनाले एउटा सिँङ्गो गाउँलाई नै विस्थापित गर्न खोजेको भन्दै कुनैपनि हालतमा आफ्नो घरमाथिवाट विद्युत प्रसारण गर्न नदिने जनाएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्ले छिटो काम सक्न निर्देशन दिएको २ दिन पनि वित्न नपाउँदै सुनटाडिका वासिन्दाले आज पत्रकार सम्मेलन मार्फत अहिले विस्तार गर्दै गरेको राष्ट्रिय प्रशारण लाइनको विद्युत प्रभाव क्षेत्र भित्र पर्ने घर तथा जग्गाका धनिलाई सरकारले दिने भनेको मुआब्जा समेत नलिने घोषणा गरेका छन् ।

उनिहरुले निर्देशक घिसिङ् आयोजनाको अवलोकनमा आएको भन्ने कुरा समाचार मार्फत जानकारी पाएको तर आफुहरुले भेट्न नपाएको पनि बताएका छन् । स्थानिय ललित गुरुङ्का अनुसार उक्त गाउँका ४३ घरपरिवार विद्युत प्रभाव क्षेत्र भित्र परेका छन् ।

जसमध्ये केहि व्यक्तिको भएको सबै जग्गा सहित घर पनि प्रभाव क्षेत्र भित्र पर्दा समेत जिल्ला प्रसासन कार्यालयको ठाडो आदेशमा स्थानियको सहमति बिना नै योजनाको काम अघि बढाईएकोले बिरोधमा उत्रनु परेको गुरुङ्ले बताउनुभयो ।

“अदालतबाट स्टे अर्डर ल्याउँदा समेत प्रशासनले हामिलाई पेलेर कार्य अगाडि बढाउँछ भने म पनि हेर्छु कसरी काम हुँदो रैछ; स्थानिय जौमाया विकले आक्रोशित हुँदै भन्नुभयोः “पसिना बगाएर जोडेको मेरो घरजग्गामा अरुले आएर पोल गाड्न खोज्छ भने, पहिले मेरो छातिमा पोल गाडेर देखाओस् ।”

विद्युतिय लाईन आफ्नो घरमाथिबाटै जाने जानकारी पाएपछि २०६८ सालदेखि नै विभिन्न नेता तथा मन्त्रीहरुलाई भेटि आयोजनालाई गाउँभन्दा परबाट लैजान अनुरोध गरेको तर आश्वासन भन्दा अरु केहि नपाएको पिडित नल बहादुर गुरुङ्ले बताउनुभयो ।

आयोजनाले वास्तविक पिडितहरुसँग कुनै सहमति नगरि प्रहरी नै लगायर जबरजस्ति ४ वटा पोलहरु गाडिसकेका छन् । गाउँमा पर्ने ६ वटा पोल मध्ये २ वटा पोल गाड्न खनेको खाल्डो भने स्थानियले पुरिदिएका छन् ।

स्थानिय राम बहादुर गुरुङ्ले भन्नुभयोः “हामि विकास विरोधि होईनौँ तर, प्रसारण लाईनलाई थोरै घुमाएर लैजाँदा पुरा गाउँ नै बचाउन सकिन्छ भने सम्बन्धित पक्षले किन गाउँ नै उठाउन खोज्दैछ ?” स्थानियले जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारि (सिडिओ) मनमाया पंगेनिले जसरि पनि आयोजना सम्पन्न गर्ने भनि दिएको अभिव्यक्तिको समेत विरोध जनाएका छन् ।

सुनटाडिवासिले जुनसुकै मुल्य चुकाएर भएपनि प्रसारण लाईन आफ्नो गाउँमाथिबाट जान नदिने बताएका छन् ।

पुरा भिडियाेसहितः

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 17 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *