0 प्रतिक्रिया
श्रद्धाञ्जलिका लागि नेता जोशीको शरीर २ बजेसम्म पार्टी कार्यालयमा राखिने
AI सारांश
Fast AI१. नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य स्वा. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनको लागि काँग्रेस पार्टी कार्यालय सानेपामा राखिने भएको छ।
२. नेता जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
३. गत फागुन १४ गते मस्तिष्कघात भएपछि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य स्वा. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनको लागि काँग्रेस पार्टी कार्यालय सानेपामा राखिने भएको छ । जोशीको शरीर १२ बजे देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ ।
नेता जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गत फागुन १४ गते मस्तिष्कघात भएपछि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको थियो ।
५८ वर्षीय जोशीको आईसीयुमा राखेर उपचार भइरहेको थियो । मस्तिष्कको शल्यक्रियापछि स्वास्थ्य अवस्था विग्रिएसँगै भेन्टिलेटरको सपोर्टमा उहाँको उपचार भइरहेको थियो । उपचारको सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।






