नवलपुर वितरक संघ: अधिबेशनको उद्घाटन सत्र सम्पन्न
नवलपुर, कार्तिक २६ ।
नवलपुर वितरक संघले चौथो बार्षिकोत्सव तथा तेस्रो अधिबेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षता रहेको उद्घाटन सत्रमा नेपाल वितरक महासंघका सस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि कर्माचार्य लगायत बोल्ने बक्ताहरुले पेशागत सुरक्षाका लागि संस्थागत रुपमा बलियो हुनुपर्ने बताएका छन् ।
प्रत्यक्ष नागरिकका दैनन्दिनी अत्यावस्यक बस्तुदेखी अन्य आवश्यकताका बस्तु आपुर्तिमा समन्वय गर्ने वितरकका समस्या र चुनौतीलाई संगठित भएर समाधान गर्न सकिने भएकाले वितरक संघलाई मजबुत बनाएर लैजान कर्माचार्यले सुझाएका थिए ।
अध्यक्ष अर्यालले जिल्लामा बिभिन्न बस्तुगत वितरकहरुको संस्थाले एक क्षेत्रलाई प्राथमिकतामा राख्दै गर्दा नवलपुर वितरक संघले सवैलाई समेटेर अगाडि बढ्ने उदेश्य रहेको बताएका थिए ।
उद्घाटन सत्रपछि बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व सहितको कार्य समिति आजै निर्वाचित हुने जनाईएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती