नवलपुर , मंसिर ६ । नेकपा एमालेको चितवनमा हुने दशौं महाधिबेशनको प्रचार प्रसारलाई लक्षित गर्दै नवलपुरमा मोटर साईकल र्याली हुने भएको छ । राष्ट्रिय युवा संघको आह्वानमा भोलि मंगलवार पालिका–पालिकामा र्याली निकालिने जनाईएको छ ।
मोटरसाईकल र्यालीको तयारीमा युवा संघ जुटेका राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मदन गिरीले जानकारी दिए ।
उनका अनुसार संघको प्रत्येक पालिकाका कमिटीले र्यालीको संयोजन गर्नेछन् । गैंडाकोट, देवचुली, कावासोती मध्यविन्दु, हुप्सेकोटमा र्यालीले नगर गाउँ परिक्रमा गर्नेछ ।
कावासोतीमा बिहान ११ बजे नेकपा एमालेको जिल्ला पार्टी कार्यालयबाट र्याली हुने राष्ट्रिय युवा संघ कावासोती नगर कमिटीका संयोजक भीमबहादुर रिमालले जानकारी दिए ।
यस्तै, गैंडाकोटमा पनि बिहान ११ वजे नै र्याली शुरु हुने एमाले नगर सचिब जग्गनाथ पौडेलले बताए ।
मोटरसाईकल र्यालीका माध्यमबाट टोल टोलमा महाधिबेशनको सन्देश र प्रचारप्रसार गर्ने उदेश्य रहेको महाधिबेशनलाई लक्षित गर्दै बनेको महाधिबेशन प्रचार प्रसार सहयोग समितिका संयोजक यमुनाथ आचार्यले बताएका छन् ।