दरौखोला युवा परिवारको भलिवल खेल सम्पन्न

एन सञ्चार डेस्कः चैत्र १६,
दरौखोला युवा परिवार अर्जुनचौपारी गाउपालीका स्याङ्गजाद्धारा आयोजित अन्तर वडास्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । चैत्र ९ गते समुदघाटन रहेको खेल चैत्र १६ गते विजयी खेलाडीहरुलाइ पुरस्कार र सम्मान सहित विधिवत रुपमा सम्पन्न भएको हो ।


क्लवका अध्यक्ष ललित थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अर्जुनचौपारी गाउपालीका उपप्रमुख चिनमाया गुरुङ्ग प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा वोल्दै उपप्रमुख गुरुङ्गले खेलाडीहरुको हकहित र सरलतका लागी गाउपालीका बाट कुनै पनि किसीमको कसुर वाकी नराख्ने र यस विषयमा आफु सधै सकारात्मक रहने कुराको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथीहरुको रुपमा रहनुभएका नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मोहन अधिकारी , अर्जुनचौपारी गाउपालीका १ का वडाध्यक्ष चित्र वहादुर विष्ट लगायतकाले खेलको विषयमा प्रकास पार्दै मन्तव्य राख्नुभएको थियो भने क्लवका वरिष्ट सल्लाहकार सदस्य खडानन्द पौडेलले धन्यावाद मन्तव्य राख्नुभएको थियो ।


सभ्य रुपमा सम्पन्न खेलमा राङ्गखोला युवा क्लवले प्रथम स्थान हासिल गर्दै नगद रु ७५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सम्झना युवा क्लव विरुवाले द्धितिय स्थान हासिल गर्दै नगद रु ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र हासील गरेको छ । त्यस्तै दरौखोला युवा परिवार (वि) तृतिय स्थान हासील गर्दै नगद रु २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हासिल गर्न सफल रह्यो भने दरौखोला युवा परिवार (ए) सान्त्वना स्थान हासिल गर्दै नगद रु १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो । खेलमा उत्कृष्ट खेलाडीहरुलाइ समेत सम्मान गरिएको थियो


विरुवाका खेलाडी दल वहादुर गुरुङ्ग वेष्ट प्लेयर घोषित भए भने राङ्गखोलाका पवन गुरुङ्ग वेष्ट लिफ्टर को स्थान वनाउन सफल भएको क्लवका अध्यक्ष थापाले जानकारी दिनुभयो 

कार्यक्रममा क्लवका पुर्वअध्यक्ष हरुलाइ सम्मान समेत गरिएको थियो । राष्ट्रीय स्तरमा एम्पायर राम पुन तथा क्षेत्रिय स्तरका एम्पायर अजु थापाद्धारा खेल सञ्चालन भएको थियो । खेलमा गाउपालीका विभिन्न वडा र स्याङ्गजा भित्रका विभिन्न गाउपालीका तथा नगरपालीका भित्रका खेल समुहवाट ३१ समुह खेलमा सहभागि भएका थिय ।


त्यस्तै ३५ वर्ष माथी उमेर समुहको खेलमा प्रथम स्थान हासिल गर्ने समुहलाइ खसी उपहार प्रदान गरिएको छ । चैत्र ९ गते अर्जुन चौपारी गाउपालीका प्रमुख दीर्घनारायण अर्यालका प्रमुख आतिथ्यतामा उदघाटन भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव घनस्याम अर्यालले गर्नुभएको थियो भने खेलको समापन गाउपालीका उपप्रमुख चिन कुमारी गुरुङ्गले समापन गर्नुभएको थियो ।

उक्त खेलको अफिसियल मिडिया पार्टनर एन सञ्चार अनलाइन रहेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 100 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 37 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *