एमालेले समयमा बन्दसत्र सुरु नगर्दा विदेशी पाहुना त्यसै फर्के
मंसिर ११, चितवन ।। एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना प्रत्यक्ष सहभागी नभई फर्कनुपरेको छ । शनिबार निर्धारित समयमा बन्दसत्र सुरु नभएपछि काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किएका हुन् ।
अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर शनिबार सौराहा आएका थिए । तर कार्यक्रमस्थलमा पुगे पनि एमालेले निर्धारित समयमा महाधिवेशन सुरु नगरेपछि अखिलेश गान्धीको सन्देश छोडेर फर्किएका छन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सो शुभकामना सन्देश बन्द सत्रमा पढेर सुनाएका थिए ।
त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी नभई फर्किएका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको