१८ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ ।
सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान सुरु भएको हो ।
राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको छ ।

